Logo

‘प्रधानमन्त्री ओलीको नाराप्रति मोदी र शी जिनपिङ खुुसी’



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराप्रति छिमेकी राष्ट्र चीन र भारत पनि खुसी रहेको बताइएको छ । नेकपा एमालेको संसदीय दलको मंगलबार बसेको बैठकमा दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शि जिनपिङले खुसी व्यक्त गरेको र आफूहरुको पनि सहयोग रहने प्रतिबद्धता जनाएको जानकारी दिए ।

सोही बैठकमा बालुवाटारको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी भइरहेको जानकारी दिएका प्रधानमन्त्री ओलीले जहाँ जोसुकैले सरकारी जग्गा अतिक्रमण गरेको भएपनि सरकारले फिर्ता ल्याउने बताए । अहिले नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न बालुवाटार जग्गा प्रकरणलाई विरोधीहरुले उचाल्ने काम गरेको प्रधानमन्त्रीले बताए ।

‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लान्छना लगाइएको छ, तर उनले त्यो जग्गा राजाको शाससनकालमा किनेका हुन् त्यो बेला महासचिव कमरेड कुनै पदमा हुनुहुन्नथ्यो, उहाँले सत्ता र पदको दुरुपयोग गरेर जग्गा आफ्नो छोराको नाममा गरेको होइन’, प्रधानमन्त्री ओलीले भने ।

उनले यो घटनालाई सरकारले ढाकछोप गरेको भन्दै कांग्रेस सभापति देउवाले लगाएको आरोपको खण्डन गरे । ‘सरकार असल नियतका साथ छानबिन गरेर जग्गा फिर्ता गराउन लागेको छ, राम्रो गरेको नदेख्ने पनि बुद्धि हुन्छ ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

उनले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए

प्रतिक्रिया दिनुहोस्