Logo

आमाले सल्लाह दिएपछि लिभिङ टुगेदर’मा बस्दै आलिया र रणबीर कपूर



एजेन्सी-बलिउडका चर्चित अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट पछिल्लो समय प्रेमम रहेका छन् । प्रेममा रहेका उनाीहरु बिहेको कारण पनि चर्चामा छन् ।तर पछिल्लो समय विवाहको हल्ला चलेको आलिया र रणबीर कपूर लिभिङ टुगेदर’मा बस्ने भएका छन् ।

रणबीरको आमा नितुको अनुसार विवाहको लागी एकअर्कालाई बुझ्न थप जरुरी रहेकाले लिभिङ टुगेदर’मा बस्न सुझाव दिएको भारतिय मिडियाले जनाएका छन् । त्यसैले उनीहरु अब छिट्टै लिभिङ टुगेदर’मा बस्ने उनले बताइन् । हाल उनीहरु नयाँ घरको खोजी गरिरहेका छन् ।

यस अघि यी जोडीले गोप्य इनगेजमेन्ट गरेको खबर पनि बाहिर आएको थियो । त्यसका साथै रणबीरको बुबा ऋषि कपुरले पनि आफ्नो छोराको लागी आलिया राम्रो रहेको बताएका थिए । त्यस्तै उनले रणबीरको आमाले पनि आलियालाई मन पराएको बताए ।

प्रतिक्रिया दिनुहोस्