Logo

अब प्रदेश–१को सम्पर्क राजधानी धनकुटा



मोरङ । प्रदेश १ ले आफ्नो सम्पर्क राजधानी धनकुटालाई तोेकेको छ । प्रदेश १ को स्थायी राजधानी र प्रदेशको नामको अन्तिम निर्णय वैशाख २० गतेपछि टुङ्याउने तयारी गरिरहँदा प्रादेशिक सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई तोकेको छ।मंगलबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी तोकेको हो। यसैक्रममा बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको हाे । तत्कालिन पूर्वाञ्चल बिकास क्षेत्रको राजधानीको रुपमा धनकुटा रहेको थियो। त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्