Logo

शाही घाेषणा गर्दै जापानका राजा आकिहितोले त्यागे राजगद्दी, अब नारोहितोले राजगद्दी सम्हाल्ने



काठमाडौं । जापानका राजा अकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । राजधानी टोक्योमा आयोजित ऐतिहासिक समारोहमा अन्तिम पटक जनतालाई सम्बोधन गर्दै ८५ वर्षीय राजा अकिहितोले आफूले राजगद्दी त्यागेको घोषणा गरेका हुन् । उनको यो घोषणासँगै जापानमा २ सय वर्षपछि राजाले पहिलोपटक आफ्नो राजगद्दी छाडेका छन्। जापानको शाही घरानाको २ सय वर्षको इतिहासमा राजगद्दी त्याग्ने यो पहिलो राजा हुन।

राजगद्दी छाड्ने प्रक्रिया शाही महलमा कैयौ रीतिरिवाजका साथ सुरु भएको छ। राजा अकिहितोले आफ्नो गद्दी छाड्नको लागि कानुन बनाएरै स्वीकृति प्रदान गरेका थिए। उनकी उनको आफ्नो बढ्दै गरेको उमेर र स्वास्थ्य अवस्थाको कारण आफूले ठीक अवस्थाबाट जिम्मेवारी निर्वाह गर्न नसक्ने बताएका थिए।

अकिहीतोका छोरा राजकुमार युवराज नारोहितो बुधवार उक्त राजगद्दीमा बस्नेछन्। जापानमा राजासँग कुनै पनि राजनीतिक शक्ति हुँदैन। तर उनी राष्ट्रको प्रतीकको रुपमा देखा पर्छन्।

राजगद्दी छाड्ने प्रक्रियामा सम्राट अकिहितोले राजगद्दी छाड्ने जानकारी सबैभन्दा पहिला राजघरानाको कुल देवता तथा आफ्ना पूर्वजका सांकेतिक रुपमा दिए। मंगलबार १२ बजे रातिसम्म अकिहितो राजाको हैसियतमा रहनेछन्। बुधबार बिहान नयाँ राजा नारोहितोलाई शाही महलका लागि घोषित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्