Logo

अध्यक्ष प्रचण्डको चेतावनी– ‘फोरम–राजपा गठबन्धन सरकारले काम गर्न सकेन अब प्रदेश २ मा नेकपाको सरकार बन्छ’



काठमाडौं । संघीय सरकारको नेतृत्वकर्ता दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रदेश २ मा पनि नेकपाकै नेतृत्वमा सरकार बनाउने चेतावनी दिएका छन् । ललितपुरको खुमलटारस्थित आफ्नै निवास मंगलबार बिहान मधेस–तराई फोरमका नेता र कार्यकर्तालाई नेकपा प्रवेश गराउँदै उनले प्रदेश २ मा समेत नेकपाकै नेतृत्वका सरकार बनाउने चेतावनी दिएका छन्।

हाल प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालको नेतृत्वको सरकार छ । फोरम–राजपा गठबन्धनको सरकार हटाएर नेकपाको नेतृत्वमा प्रदेश २मा सरकार बनाउने प्रचण्डको चेतावनी छ । यद्यपी नेकपा नेतृत्वको संघीय सरकारमा फोरमको सहभागिता रहेको छ ।

तर, फोरम–राजपासहितको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रचण्डले नेकपाकै नेतृत्वमा प्रदेश २ सरकार बनाउनु पर्ने अवस्था आउन लागेको बताएका हुन्।

सातवटा प्रदेश मध्ये दुई नम्बर प्रदेशबाहेक अरु ६ वटामा नेकपाकै नेतृत्वमा सरकार छ ।

प्रतिक्रिया दिनुहोस्