Logo

काँचो प्याज खानुका अनेकौ फाइदा



प्याज काट्नु निकै नै कठिन काम हो, किनभने प्याज काट्दा आँखाबाट आँशु आउने हुँदा हतपती कसैले पनि प्याज काट्न चाहँदैन । तर, प्याजले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई कति फाइदा हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ । प्याजमा एन्टी–इन्फ्लेमेट्री गुण पाइन्छ ।

साथै यसमा एन्टी–एलर्जिक, एन्टी–अक्सीडेन्ट र एन्टी–कार्सिनोजेनिक गुण पाइन्छ । त्यति मात्र नभई प्याजमा पर्याप्त मात्रामा भिटामिन ए, बी–६, बी–कम्प्लेक्स र सी पनि पाइन्छ । प्याजमा आइरन, फोलेट र पोटाशियम जस्ता खनिज पदार्थ पनि पर्याप्त मात्रामा पाइन्छ ।

प्याज सल्फ्यूरिक कम्पाउन्ड्स र फ्लेवोनोइड्सको राम्रो स्राते पनि हो । काँचो प्याजको प्रयोग गर्ने धेरै तरिकाहरु छन् । केहीले प्याजलाई सलादको रुपमा खान रुचाउँछन् भने कसैले पिज्जामा खान र कसैले अचार बनाएर खान मन पराउँछन् ।

प्याज खानुको फाइदा;

-काँचो प्याजलाई कपालमा लगाउनाले कपाल लामो हुने र चाँयाको समस्यामा राहत हुन्छ । काँजो प्याजको रस कपालको जरादेखि नै लगाउनुपर्छ ।

-काँजो प्याजको सेवनले ब्लड शुगर नियन्त्रण गर्नमा मद्दत गर्छ । त्यसैले मधुमेहका रोगिहरुका लागि काँचो प्याज बढी फाइदाजनक हुन्छ ।

-प्याजमा धेरै प्रकारका तत्वहरु पाइन्छ, जुन क्सान्सरबाट जोगाउनमा सहयोगी हुन्छ ।

-काँचो प्याज खानाले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।

-प्याजमा पाइने भिटामिन सी र क्याल्शियम मुखको स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्