Logo

९ महिनामै बिग्रियो ध्वनि प्रदूषण जाँच मेसिन, खेर गयो राज्यको पौने २ करोड रकम



झापा । सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेकाे खबर आजकाे राजधानी दैनिकले छापेकाे छ ।

यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि प्रदूषण मापन गर्न एक वर्षअघि खरिद गरिएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन ९ महिनाअघि १४ वटै अञ्चलस्थित यातायात व्यवस्था कार्यालयलाई वितरण गरेको थियो ।

सवारीसाधनबाट ध्वनि प्रदूषण बढेको निष्कर्ष निकाल्दै सवारी सञ्चालन गर्नुपूर्व ध्वनि मापन गरी जाँच पास दिएपछि मात्र सञ्चालन अनुमति दिनु भन्दै ती वितरण गरिएको थियो । तर, कतिपय मेसिन प्रयोगमै ल्याइएको छैन भने कतिपय काम नलाग्ने भइसकेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार मेसिन चलाएर ध्वनि मापन गरेर जाँचपास दिँदा भन्दा नजाँची दिँदा व्यक्तिगत लाभ लिन पाइने भएकाले अञ्चलस्थित कार्यालयका मेकानिकल इन्जिनियरहरूले ती मेसिन प्रयोगमै ल्याएनन् ।

प्रतिक्रिया दिनुहोस्