Logo

चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई देखियो स्वास्थ्यमा समस्या, तुरुन्तै स्वदेश फर्कंदै



काठमाडौँ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि तुरुन्तै स्वदेश फर्कने भएकी छन् । उनी पूर्वनिर्धारित समयभन्दा एक दिन पहिल्यै बुधबार स्वदेश फर्किने भएकी हुन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणमा चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भणडारी तिब्बतबाट बुधबार बिहान १०ः४० बजे काठमाडौँ ओर्लने बताइएको छ । फोरममा भाग लिएपछि भण्डारीले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसँग औपचारिक भेटवार्ता गरेकी थिइन् ।

भ्रमणको पूर्व्निर्धा्रित कार्यक्रमअनुसार राष्टपनि भण्डारी बिहीबार मात्र स्वदेश फर्किने कार्यक्रम थियो । स्रोतका अनुसार भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै उनी स्वदेश फर्किन लागेकी हुन् । उनी मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बत पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्