Logo

जापानमा नयाँ युगको सुरुवात, नारुहितो बने नयाँ राजा, बसे राजगद्दीमा



काठमाडौं । जापानको राजगद्दीमा बुधबार नारुहितो आशिन भएका छन् । पिता अकिहितोले मंगलबार स्वइच्छाले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो राजगद्दीमा आशिन भएका हुन् । नारुहितोले बुधबार औपचारिक रुपमा राजगद्दीको जिम्मेवारी स्वीकार गरेका हुन् । बुधबार देखिनै जापानमा नयाँ युगको सुरुवात भएको छ । यो युगलाई रेइवा नाम दिइएको छ । नारुहितो जापानको १२६ औँ राजा बनेका छन् ।

८५ वर्षका अकिहितोले आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण गद्दी त्याग गरेका हुन् । उनी जापानको इतिहासमा २०० वर्ष यता जीवितै रहँदा गद्दी त्याग गर्ने पहिलो राजा हुन् ।जापानमा राजामा कुनै पनि राजनीतिक अधिकार छैन तर जापनिजहरु राजालाई राष्ट्रिय प्रतिकका रुपमा लिन्छन् ।

प्रतिक्रिया दिनुहोस्