Logo

ह्याण्डसम मोडल अनुराग र सुन्दरी नग्माको प्रेमको चर्चा



काठमाडौं । गायक कृष्ण राउतको नयाँ गीत आई लभ यू बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । रञ्जिता गौतमको शब्द शृजनामा तयार भएको गीतमा कृष्ण राउत र मेलिना राईको स्वर रहेको छ । जसको एरेन्ज संजय हमालले गरेका हुन् । पछिल्लो समयको प्रेमलाई भिडियोमा गज्जबसँग देखाइएको छ भने मायाँमा कसरी एकले अर्कालाई फकाउन सकिन्छ, र आकर्षित गर्न सकिन्छ भन्ने बिषयलाई मुख्य कथाका रुपमा पनि देखाउन निर्देशक सफल देखिन्छन् ।

सुरज खनालले छायाँ«ङ्न गरेको यस गीतको निर्देशन सुरज इन्टरटेन्मेन्टले गरेको हो । जसमा कलाकार अनुराग ठकुरी र नग्मा श्रेष्ठको सशक्त अभिनय रहेको छ । पछिल्ले समय चर्चा कमाइरहेको गीतमा दिलिप राईको कोरियो ग्राफी रहेको छ । गीत सार्वजनिक भएपछि गायक राउतले आफ्नो यो गीतले राम्रो चर्चा पाउनेमा आँफु विश्वस्त भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्