Logo

७ वर्षका बाबुकाे ३५ पटक हाड भाँचियाे ! के भयाे यस्ताे ? पटक-पटक हाड भाँचिने कस्ताे राेग हाे ?



रोग लाग्नु कुनै अपराध होइन । रोग र रोगीलाई लुकाएर राख्नु, उपचार नगर्नु, नगराउनु अपराध हुन । संसारमा धेरै रोग यस्ता छन् जसको ओखती खाएर, शल्यक्रिया गरेर वा सुई लगाएर पनि रोग निको हुँदैन, तर पनि रोगीहरुको लागि लामो जीवन बाँच्ने विभिन्न प्रकारका औषधी तथा उपकरणको आविस्कार भने भैरहेको पाइन्छ ।

यस्तै प्रकार हो रोग हो ओस्टियोजेनेसिस इम्पेर्फेक्टा (Osteogenesis Imperfecta) छोटकरीमा ओआइ (OI) । यो रोग लागेका बिरामीको हाड साह्रै कमजोर हुन्छ । सानो तिनो चोट पटकले पनि शरिरका हाडहरु भाँचिने हुन्छ । बिशेष गरी यो रोग बंशाणुगतको कारणबाट सर्ने हुन्छ । आमा गर्भवती भएदेखि नै बच्चामा यो रोग हुने गर्दछ । तर कहिले काँही बच्चा अली ठूलो भएपछि हाडहरु भाचिन सुरु गर्दछ ।

कहिले काँही आमाको गर्भ मै पनि बच्चाको हाड भचिएको हुन्छ । यो रोगका ८ वटा प्रकारहरु छन् । यि नै ८ प्रकार मध्ये कुनै साह्रै जटिल हुन्छन् । जटिल प्रकारको रोग भएकाहरुलाई कहिले काँही बचाउन पनि गाह्रो हुन्छ ।

यो रोगको बारेमा जनचेतना फैलाउने अभिप्रायले अङ्रेजी महिना मेको ६ तारिकका दिन संसारभर यो रोग बारे विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्