Logo

भैसीलाई पनि छोडेनन्, मोरङमा भैसीमाथि बलत्कार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा !



जनावरभन्दा मानिस अविवेकी र हिंस्रक बन्न थालेका छन् । जसको पछिल्लो उदाहरण मोरङमा घटेको घटनालाई लिन सकिन्छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा बलत्कार गरेको इलका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर रामचन्द्र साहले जनाए । उनका अनुसार गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरिएको थियो । गोठमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयांगमा फेला परेको थियो ।

नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गर्ने गाउकै युवा मंगल भएको खुलेको थियो । प्रहरीले पक्राउ गरेपछि हस्दाले बाँस झ्याङमा भैसी लगेर दुवै खुट्टा बाँधेर बलत्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्