Logo

चट्याङबाट एकै परिवारका तीन सदस्य मारिए



२७ साउन – भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् ।ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए ।

यस वर्षको सात महिना भित्र भियतनाममा प्राकृतिक प्रकोपको कारण ३४ जना व्यक्ति मारिएका अथवा बेपत्ता भएका छन् । यसैगरी सो प्रकोपहरुका कारण १ सय ५६ ओटा घरहरु ध्वस्त भएका छन् । तीन हजार भन्दा बढी घर क्षतिगस्त भएका छन् । तीन हजार ७०० हेक्टर जमिनको धान र अरु वाली नष्ट भएको छ ।प्रत्यक्ष रुपमा २ सय ३९ अर्व भियतनामी डोङ बराबरको रकम नोक्सान भएको देश तथ्याङ विभागले जानकारी दिएको छ । (रासस ÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्