Logo

पत्रकारसँग एकाकार भएर अगाडि बढ्र्छौँ- मन्त्री शाह



धनगढी, २८ साउन – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पत्रकार दिलबहादुर छत्याल र आफूबीच सामान्य विषयमा भएको मतान्तरलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गरिएको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विषेश समय लिएर शून्य समयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले पत्रकार छत्याल र आफूबीचको सामान्य विषयमा भएको मतान्तरलाई अस्वस्थ्य ढङ्गले विवाद खडा गरिएको जिकिर गर्नुभयो ।

पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्र समाजको मित्रवत् शक्ति रहेको भन्दै मन्त्री शाहले भन्नुभयो, “समाजको पहरेदार पत्रकारिताको भूमिकालाई सम्मान गर्दै पत्रकारसँगै एकाकार भएर सरकार अगाडि बढ्न चाहन्छ ।”उहाँले दैवीप्रकोपबाट पीडित भएकालाई राहत दिन प्रदेश सरकार पछि नपरेको उल्लेख गर्दै कञ्चनपुरमा झण्डै रु ८७ लाख र कैलालीमा रु चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको जानकारी गराउनुभयो ।

समाचार सङ्कलन गर्ने क्रममा केही दिनअघि पत्रकार छत्याललाई मन्त्री शाहबाट टेलिफोन कुराकानीमा दुव्र्यवहार गरिएको भन्ने घटना सार्वजनिक भएको थियो ।प्रतिपक्षी दलका सदस्यले प्रदेशसभाको शून्य समयमा पत्रकारमाथि मन्त्रीबाट नै दुव्र्यवहार गरिएको विषयमा मन्त्रीको जवाफ माग्नुभएको थियो । आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई टेबुल गर्नुभयो । अर्को बैठक यही साउन २९ गते अपराह्न ३ बजे बस्नेछ ।(रासस)

प्रतिक्रिया दिनुहोस्