Logo

सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि वायोमेट्रिक प्रणाली सञ्चालनमा



इटहरी, २९ साउन -यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ ।सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टाँै तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रिक मेसिन उपलब्ध गराएपछि धेरै सहज भएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीका कामु प्रमुख बिन्दाकुमारी नेपालले बताउनुभयो ।

सवारीचालक अनुमतिपत्रको फारमका लागि टोकन लिनलाई आफ्नो सक्कल नागरिकता, अनलाइन बिल लिएर मात्र टोकन दिने सिष्टम लागू गरिएको छ । यसबाट बीचमा मान्छे घुस्ने, पालो मिच्नेजस्ता कार्य निर्मूल हुने छ । उक्त वायोमेट्रिक प्रणालीको मेसिनका लागि प्रदेश सरकारले रु सात लाख बराबरको बजेट विनियोजन गरेको थियो । सवारी चालकको फारम भर्न भोजपुरबाट इटहरी आउनुभएका लीला बस्नेतले उक्त मेसिन आएपछि केही हदसम्म सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दिनभरिको लाइन र घाममा बस्नुपर्ने स्थिति रहेन, केही हदसम्म सहज भयो । (रासस)

प्रतिक्रिया दिनुहोस्