Logo

नदीमा नुहाउन गएका एक बेपत्ता



बनेपा, ५ भदौ  – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदीले बगाउँदा एक जना बेपत्ता भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सर्लाही गडैता नगरपालिका–११ माधवपुरका २५ वर्षीय राधेश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । गर्मी भएको भन्दै नदीमा नुहाउन जाने क्रममा राउत बुधबार साँझ बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्