Logo

समाजसेवी कृष्णलालले मानवसेवा आश्रममा रु दुईको अक्षयकोष स्थापना गरे



बागलुङ, १८ भदौ : बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गर्नुभएको हो । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताउनुभयो ।कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित व्यक्तिहरुको सेवामा खर्च गरिने आश्रमका संयोजक सुमिरा लामाले बताउनुभयो । आश्रम दान र सहयोगकै भरमा चल्दै आएको छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् ।

मनोरोग, अपाङ्गता र गरीबीजस्ता कारणले सहराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो ।आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्