Logo

सुत्केरीलाई रु पाँच हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिने



मेलम्ची, २५ भदौ  : मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो ।नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावापतको रकम उपलब्ध गराइने नगरपालिले जनाएको छ ।

समयमै स्वास्थ्य केन्द्रमा पुग्न नसक्दा कयौँले ज्यान गुमाउने गरेकाले त्यसो नहोस् भनेर एम्बुलेन्सको भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ । नगरपालिकाका अनुसार बाह्रबिसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडावापत रु चार हजार उपलब्ध गराइने छ । बाह्रविसेदेखि काठमाडौँ पु¥याउनुपर्ने सुत्केरीलाई रु पाँच हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्