Logo

पूर्व–पश्चिम राजमार्गको मुख्यमुख्य चोकमा सिसीटिभी क्यामेरा जडान



राजविराज, २६ भदौ  – अग्निसाइर कृष्णासवरन गाउँपालिकाले पूर्व–पश्चिम राजमार्गको मुख्यमुख्य चोकमा सिसीटिभी क्यामेरा जडान गरेको छ । बढ्दो सवारी दुर्घटनाको अनुगमन गर्न सिसीटिभी क्यामेरा जडान गरिएको हो ।गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीका अनुसार पूर्व–पश्चिम राजमार्गको महुली, विशाल चोक, सीतापुरलगायत स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको हो ।“अब राजमार्गमा हुने विभिन्न गतिविधिबारे थाहा पाउन सहज हुनेछ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले विद्यालय, स्वास्थ्य संस्था तथा सबै वडाका क्रियाकलापबारे सिसीटिभीमार्फत अवलोकन गर्न सकिने सूचना प्राविधिको विकास गरेको छ ।विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरी शिक्षक शिक्षिकाको उपस्थितिको आधारमा तलब उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले बताउनुभयो । सूचना प्रविधिमा सबैको पहुँच पु¥याउनका लागि सबै चोक र बजारमा फ्रि वाइफाइको व्यवस्था गर्न लागिएको यादवले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्