Logo

अञ्जु पन्तको नयाँ गीतमा सुन्दरी मोडल मरिष्का र निराजनको धमाकेदार अभिनय



काठमाडौँ, असोज १५ । चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको गीत देउरालीको कसमको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गम गुरुगंका शब्द शृजनामा गुरुगंले नै संगीत भरेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल तथा नायिका मरिश्का पोखरेलको धमाकेदार अभिनय रहेको छ । जसमा मरिश्कासँग अर्का चर्चित मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।

लोक आधुनिक शैलीको देउरालीको कसममा मरिश्का र निराजनको अभिनयको चर्चा सुरु भएको छ । जसमा शब्द संगीतमा देखिएको ओज र अञ्जु पन्तको स्वरको सरलताको पनि चर्चा भएको छ । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोको निर्माता पनि गीतकार तथा संगीतकार गुरुगं नै हुन् । हर्नुहोस् भिडियो l

प्रतिक्रिया दिनुहोस्