Logo

बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ



काठमाडौं- आज बुधबार नेपालि बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । मंगलबार ओरालो लागेको सुनको मूल्य बुधबार भने उकालो लागेर ७० हजार चार सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्