Logo

बाजुराको अग्र्यानिक कागती काठमाडौँमा



बाजुरा  – बाजुराको कागती काठमाडौँ पुग्ने भएको छ । बाजुराको अग्र्यानिक कागती पहिलोपटक रु ९० केजीका दरले १० क्विन्टल काठमाडौँ पुग्ने भएको हो । गोलपान एग्रो कम्पनीमार्फत बजारीकरण हुने कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताउनुभयो ।

अहिले पहिलोपटक १०० क्विन्टल मात्र कम्पनीसँग सम्झौता भएको उहाँको भनाइ छ । पहिलोपटकको सम्झौताअनुसार कागती खपत भए अर्को पटक जिल्लाभरिको कागती खपत गर्न गोलपान एग्रो कम्पनीसँग सम्झौता हुने समझदारी भएको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्