Logo

“रफ्तार रफ्तार” साथमा आए अंकित बाबु अधिकारी (भिडियो)



नेपाली गीत संगीतमा आफ्नो फरक स्वादका गीत संगीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभावान गायक अंकित बाबु अधिकारीले आफ्नो अर्को बिल्कुलै नयाँ गीत ” रफ्तार रफ्तार ” लिएर आएका छन। पृथक शैली , शब्द चयन , र दृश्य भाषाका माध्यम बाट कलात्मक ढंगले भिडियोमा स्टोरी टेलिङ्गको प्रयोग गर्ने रुचाउने गायक अधिकारीका ” राम नाम ” , ” सम्झनालाई ” बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् ।

” रफ्तार रफ्तार ” बोलको गीतमा गायक अधिकारीलाई चिहानमा गीत गाउदै गर्दै गरेको देख्न सकिन्छ । चिहानमा जादा सबैको मन दुखित हुन्छ नै तर उनले दुखित मुडलाई बदल्दै चिहानमा बिश्राम लिदै गरेका आत्माहरुलाई खुशी बनाउन गीत सुनाउछ्न । उनको गीत सुनेर अन्त्यमा चिहानबाट मरेकाहरुले ताली बजाउदै आनन्द र खुशी प्रकट गरेको आवाज सुन्न सकिन्छ ।

” रफ्तार ” बोलको यस प्रयोगात्मक गीतमा स्वर र संगीत गायक अंकित बाबु अधिकारीको रहेको छ । गीतका शब्द अन्वेष राई थुलुङ्गले लेखेका हुन । गीतको संगीत संयोजन शार्दूल श्रेष्ठ ” च्यांग ” ले गरेका हुन ।

गीतको भिडियोलाई विकेश बज्रले खिचेका हुन भने सुनिल पौडेलले सम्पादन गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा आवाज , प्रस्तुति , निर्माण पक्ष्यबाट नयाँ आयाम र उचाई प्रदान गर्दै अघि बढिरहेको आर्टमाण्डुको निर्माणमा भिडियो तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्