Logo

आगलागी मुद्दामा सजाय पाएका फरार अभियुक्त पक्राउ



लहान, २२ कात्तिक-आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस्