Logo

दुई हजार १५० बोट गाँजाको बिरुवा फँडानी



लहान, २२ कात्तिक-गाँजा फँडानी अभियान शुरु गरेको सिरहा प्रहरीले हिजो साँझ जिल्लाको धनगढीमाई नगरपालिका– १२ मा स्थानीयवासीहरूले करीब दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको टोलीले स्थानीयवासीले खेतबारीमा लगाएको दुई हजार १५० बोट गाँजाको बिरुवा फँडानी गरेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्