Logo

बाँकेको खजुरा गाउँपालिकाका सडक मानवमुक्त



नेपालगञ्ज, २२ कात्तिक : बाँकेको खजुरा गाउँपालिकाका सडक मानवमुक्त गाउँपालिका हुन सफल भएको छ ।गाउँपालिका क्षेत्रभित्र सहयोग माग्ने, बेसहारा, अभिभावकविहीन बेसहारा अवस्थामा रहेका ३६ लाई उद्धार गरिएपछि गाउँपालिका सडक मानवमुक्त हुन सफल भएको हो ।सडकबाट उद्धार गरिएकामध्ये नौ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ भने २७ लाई नेपालगञ्जस्थित नीलसागर असहाय केन्द्रको संरक्षणमा राखिएको छ । सो गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले अब उप्रान्त आफ्ना अभिभावकलाई अपहेलना गर्नेलाई गाउँपालिकाबाट प्रदान गर्ने सेवामा कटौती गरिने बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्