Logo

भारतीय बजार रुपैडियाबाट एक नेपाली महिला पक्राउ



नेपालगञ्ज -बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।

एसएसबी ४२ आँंै बाहिनीका अनुसार, शङ्का लागेर सोधपुछ गर्दा दुवै महिलाले राईले खाडीमुलुक लैजान लागेको बताएका थिए । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६०० नेपाली रुपैयाँ, मोबाइल र नेपाली नागरिकता बरामद भएको एसएसबीले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्