Logo

ठगी गिरोहका मुख्य अभियुक्तको आरोप लागेका दुई जना कारागार चलान



धनगढी : ठगी गिरोहका मुख्य अभियुक्तको आरोप लागेका धनगढी उपमहानगरपालिका—६ का सञ्जय रानासहित दुई जनालाई  पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासमा आज भएको थुनछेक बसहमा उक्त आदेश भएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताउनुभयो । रानाका सहयोगीका रूपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका—३ का रुद्रप्रसाद अधिकारीलाई पनि कारागार चलान गरिएको छ ।

रानाकै साली नाता पर्ने कल्पना साउद (दियाकोटी) र रानाकै सहयोगी भनिएका धनगढी उपमहानगरपालिका—६ कै कमलबहादुर विक रु तीन लाख ५० हजार धरौटीमा रिहा भएका छन् । रानासहितको गिरोहलाई गएको भदौ महिनामा हतियार, विभिन्न कागजात, छाप र सुनका गरगहनासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरी मुद्दा चलाएको थियो ।उनीहरुको साथबाट एक÷एक थान पेस्तोल र रिभल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, करीब ६७९ ग्रामका सुनका गरगहना बरामद गरिएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस्