Logo

उपनिर्वाचनमा महोत्तरी जिल्लाबाट चार पदका लागि ४६ को उम्मेदवारी दर्ता



जलेश्वर-मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरी जिल्लाबाट चार पदका लागि ४६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।जिल्लाको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार जिल्लामा हुने एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको उपनिर्वाचनका लागि ४६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  पिपरा गाउँपालिकामा हुने गाउँपालिका अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेस पार्टीबाट विजय यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विक्रम चौधरी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट रविता कुमारी, समाजवादी पार्टीबाट रामजानकी यादव, जनमत पार्टीबाट अञ्जनी देवी मण्डललगायत ११ पार्टीका उम्मेदवार र नौस्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मटिहानी नगरपालिकाको वडा नं ६ मा हुने वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाली काङ्गे्रसबाट सञ्जयकुमार महतो, नेकपाबाट मो जाकिर अन्सारी, राजपा नेपालबाट रामबाबु नायक र चार स्वतन्त्र उम्मेदवारसहित छ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।जिल्लाको बलवा नगरपालिकाको वडा नं २ र वडा नं ८ मा हुने उपनिर्वाचन अन्तर्गत वडा नं २ मा नेपाली काङ्ग्रेसबाट विपिन पञ्जियार सुडी, नेकपाबाट कृष्णदेव साह, राजपा नेपालबाट वृजलाल साह सुडी, जनमत पार्टीबाट वीरेन्द्रकुमार साह, जनमुक्ति पार्टीबाट नरेन्द्र साह र तीन स्वतन्त्रसहित आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोही नपाको वडा नं ८ मा हुने अध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट निर्मल यादव, नेकपाबाट लक्ष्मेश्वर यादव, समाजवादी पार्टीबाट रामबाबु महतो, जनमत पार्टीबाट फूलकुमारी देवी, राप्रपाबाट इन्द्रश यादव र सात स्वतन्त्र उम्मेदवारसहित १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।उहाँले जिल्लाको तीन वटा स्थानीय तहमा हुने एक गाउँपालिका अध्यक्ष र ३ वडाध्यक्षसहित चार पदका लागि हुने उपनिर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदमा २० जना र तीनवटै वडाध्यक्ष पदका लागि २६ गरी जम्मा ४६ जनाले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्