Logo

अज्ञात समूहले सात बाख्रा काटे, स्थानीयवासी त्रसित



भोजपुर, २८ कात्तिक : भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारिदिएका छन् । अरुण गाउँपालिका–६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माका तीन वटा र भरत विश्वकर्माका तीन वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयवासी त्रसित भएका छन् । खर्काउनेमा तीन किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीयवासी टीकाराम बराइलीले जानकारी दिनुभयो । खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्