Logo

नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर नेकपामा प्रवेश



कञ्चनपुर, ४ मङ्सिर  : नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभएको छ ।साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराउनुभएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस्