Logo

अक्षयकोषको रकमबाट छात्रवृत्ति वितरण



कञ्चनपुर, ४ मङ्सिर  : कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ भगतपुरमा रहेको शिव ज्ञानेश्वर आधारभूत विद्यालयले अक्षयकोषको ब्याजको रकमबाट जेहन्दार १२ जना छात्रछात्रालाई छात्रवृत्रि वितरण गरेको छ ।विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय भोजराज भण्डारीको स्मृतिमा स्थापना गरिएको रु एक लाख सात हजारको अक्षयकोषको ब्याजको रकमबाट विद्यालयमा अध्ययन गर्दै आएका जेहेन्दार, विपन्न छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।विद्यार्थीलाई रु आठ सयका दरले छात्रवृत्तिको रकम वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रकाश चौधरीले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्