Logo

मिर्गौलापीडित मनिषालाई छ लाख ३४ हजार सहयोग



कास्की, ५ मङ्सिर -दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आउनुभएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ ।गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गाैला प्रत्यारोपणका लागि सहयोग पु¥याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो ।

हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा सङ्कलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।अभियानका संयोजक गुरुङले मिर्गाैला प्रत्यारोपणका लागि रु २० लाख खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताउनुभयो । पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आउनुभएको छ । यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि रु आठ लाख सङ्कलन गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्