Logo

विपद् व्यवस्थापनका लागि २५ लाखको आकस्मिक कोष स्थापना



बैतडी, ६ मङ्सिर -दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ ।विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको छ ।”

दशरथचन्द नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले पनि कार्यक्रम सञ्चालन गरिरहेको छ । दशरथचन्द नगरपालिकाले विपद् जोखिम न्यूनीकरण क्षेत्रमा थुपै्र काम गरेको रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयोे । (रासस)

प्रतिक्रिया दिनुहोस्