Logo

आज ८ सय रुपैयाँले घट्यो सुनको भाउ



काठमाडौं । आज साताको चौंथो दिन बुधबार सुनको भाउ झन् घटेको छ।मंगलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज पुनः ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्