Logo

वरुणको जीवनमा नै लाग्यो कडा झड्का, फिल्म नचेलेपछि बिहे नै रोकियो



काठमाडौं, माघ २४-बलिउड अभिनेता वरुण धवनको अर्को महिना हुने भनिएको विवाह केही समयका लागि स्थगन भएको छ।यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री’ असफलताको पीडामा छन्।

आफ्नी प्रेमिका नताशा दलालसँग उनी अर्को महिना मार्चमा विवाहको तयारीमा थिए। विवाहका लागि उनले थाइल्यान्डको पाँचतारे होटलसमेत बुक गरिसकेका थिए भनेर आजको राजधानीमा खबर छापिएको छ।

विवाहको तयारी हुँदै गर्दा उनले केही समयका लागि आफ्नो विवाह रोकेका छन्। यी अभिनेताको गत वर्ष फिल्म कलंक व्यावसायिक रुपमा पूर्ण असफल भयो।नयाँ फिल्म स्ट्रिट डान्स थ्री हिट हुन्छ जस्तो लागेको थियो। तर यो फिल्म पनि बक्स अफिसमा फ्लप भएको छ।

प्रतिक्रिया दिनुहोस्