Logo

क्रिकेट रंगशाला बनिरहँदा धुर्मुसले पुरा गरिदिए पत्निको नायिका बन्ने चाहना



काठमाडौं, माघ २४-हास्य अभिनेत्रीका रुपमा स्थापित कुञ्जना घिमिरे (सुन्तली) २८ वर्षको उमेरमा आएर चलचित्रको अभिनेत्री बन्ने सपना साकार भएकोमा दंग छिन्।हास्य श्रृंखला मेरी बास्सैमा विभिन्न चरित्र निर्वाच गरेर दर्शकको मन जिते पनि उनले चलचित्रमा भने हालसम्म अभिनेत्रीका रुपमा अभिनय गर्ने मौका पाएकी थिइनन्।

आजको साप्ताहिकका अनुसार यद्यपी उनले अभिनय यात्रा प्रारम्भ गर्दा चलचित्रको अभिनेत्री बन्नेक्ष्य लिएकी थिइन्।आफ्ना हास्य अभिनेता श्रीमान् सीताराम कट्टेलद्वारा निर्मित चलचित्र ‘सेन्टी भाइरस’ मार्फत आफूलाई अभिनेत्री बन्ने सौभाग्य जुरेको कुञ्जनाको भनाई छ।

कुञ्जनाले बाल्यकालदेखि नै ऐनअघि उभिएर अभिनेत्री बन्ने सपना देखेकी रहिछन्, जुन अहिले आएर पूरा भयो।सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्क हुने कुञ्जनाले अहिले आएर सपना साकार भएको बताए पनि सेन्टी भाइरसमा उनी अभिनेत्री भन्दा पनि मुख्य चरित्रमा प्रस्तुत भएकी छन्।

प्रतिक्रिया दिनुहोस्