Logo

पूर्वसचिवद्वारा कोषमा १० हजार प्रदान



९ मङ्सिर – नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ । रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि देखि सञ्चालन गरेको आपत्कालीन कोषमा अहिले ७० हजारभन्दा बढी पुगेको छ । उक्त कोषमा विभिन्न दाताले रकम प्रदान गरिरहेको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिनुभयो । जिल्लामा कार्यरत पत्रकारहरुलाई आपत्कालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्